समाचारमंगलबार, २८ श्रावण , २०७६

ब्याङ्किङ कसूरमा कर्णाली प्रदेशका मन्त्री खत्रीलाई पक्रन आदेश

हिमालखबर

ब्याङ्किङ कसूर मुद्दामा कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न पाटन उच्च अदालतले आदेश दिएको छ ।

ब्याङ्किङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई ३ दिनभित्र अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिइएको हो ।

कृषि विकास ब्याङ्क मुख्य शाखा कार्यालय काठमाडौंका कामु शाखा प्रबन्धक गोकुल प्रसाद पनेरुले दायर गरेको ब्याङ्किङ कसूर मुद्दामा अन्य प्रतिवादीहरू पक्राउ परे पनि खत्री र राजुप्रसाद श्रेष्ठ फरारको सूचीमा रहेका छन् ।

न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सोमबार प्रतिवादी खत्रीलाई ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको हो ।

 

प्रतिकृया दिनुहोस