थप समाचारमंगलबार, २८ श्रावण , २०७६

भारतको सर्वाेच्च अदालतद्वारा कश्मीर मुद्दाबारे तत्काल सुनुवाई गर्न अस्वीकार

हिमालखबर

भारतको सर्वाेच्च अदालतले जम्मुकश्मीरका विषयमा तत्काल सुनुवाई गर्न अस्वीकार गरेको छ ।

राष्ट्रपतिको आदेशबाट संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कश्मीरलाई दिइएको विशेषाधिकार खारेज गर्ने कदम असंवैधानिक भएको दाबी गर्दै सर्वाेच्च अदालतमा रीट दायर गरिएको थियो ।

रीटमाथि सुनुवाई गर्दै तीन जना न्यायाधीशको इजलासले कश्मीरको अवस्था संवेदनशील रहेकाले त्यहाँको अवस्थामा सुधार भएपछि आदेश जारी गर्ने जनाएकाे छ । 

इजलासले दुई सातापछि रीटको सुनुवाइ गर्ने आदेश जारी गरेको छ ।

केन्द्र सरकारले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गरेपछि २० साउनदेखि त्यहाँको अवस्था तनावपूर्ण बन्दै आएको छ ।

प्रतिकृया दिनुहोस