अमेरिकी दूतावासले सन्दीपलाई पुनः बोलायो
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि बोलाएको छ ।
बिहान अन्तवार्ताका लागि बोलाएर भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि बोलाएको हो । क्यारेबियन प्रिमियर लिग खेल्न सन्दीपले भिसा अप्लाई गरेका थिए । तर, कुनै कारण बिनै सन्दीपको अप्लाई अस्वीकार गरेका थिए ।
भिसा अस्वीकार भएपछि सन्दीपले चकित भएको प्रतिक्रियासहित ट्वीट गरेका थिए । लगत्तै दूतावासले सन्दीपलाई दूतावास बोलाएको छ । नेपालले एक दिवसीय सिरिज अमेरिकासँग ६ महीनापछि खेल्ने भएकाले पनि सन्दीपले भिसा अप्लाइ गरेका हुन् ।
विश्वका विभिन्न देशमा अन्तरर्राष्ट्रिय खेल खेलिसकेका सन्दीपले आफू लुक्नका लागि भिसा अप्लाइ नगरेको प्रतिक्रिया दिएका छन् ।