सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।
सवै डकुमेन्ट पूरा गर्दा पनि भिसा नदिइएको सन्दीपले ट्वीटरमा लेखेका छन् । उनका अनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिकाका लागि भिषा अप्लाइ गरेका थिए । तर, काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा नदिएको सन्दीपले लेखेका छन् ।
भिसा नदिइएको अचम्म लागेको बताएका छन् । विश्वभरका सवैजसो फ्रेन्चाइजीका अनिवार्य खेलाडी बनिसकेका सन्दीपले अव सीपीएल खेल्न जान गाह्रो हुने बताएका छन् ।