थप समाचारमंगलबार, २८ श्रावण , २०७६

ग्रीन कार्डमा झनै कठोर बन्दै अमेरिका

हिमालखबर

अमेरिका प्रशासनले आप्रवासीहरुका निम्ति कठोर नीति ल्याउन लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीहरुका निम्ति भिषा अवधि लम्ब्याउन अथवा स्थायी बासिन्दाको हैसियत पाउन र ग्रीन कार्डमा झन् कठिन पार्ने नीति ल्याउन लागेको हो ।

यो नीतिले एक वर्षभन्दा बढी समय खाने कुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा लिएका आप्रवासीलाई अप्ठ्यारो पर्नेछ । आप्रवासी भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर हुन लागे तिनको निवेदन अस्वीकार गर्न सक्नेछ ।

बीबीसीका अनुसार अमेरिकामा स्थायी बासिन्दाको हैसियत पाइसकेका आप्रवासीलाई यो नियमले खासै असर गर्दैन तर, शरणार्थी वा शरणका लागि निवेदन दिएकाहरूलाई प्रभाव पार्छ ।

प्रतिकृया दिनुहोस