अब क्रिकेटको बलमा पनि ‘माइक्रो चिप’
क्रिकेट खेल अत्याधुनिक प्रविधि उन्मुख भइरहेका अब बलमा पनि माइक्रो चिप हुने भएको छ । अहिलेसम्म ब्याटमा सेन्सर जोडिएको हुन्थ्यो ।
अस्टे«लियामा हुने बिग बास प्रतियोगिताबाट भने बलमा पनि ‘माइक्रो चिप’ जडान गरिने भएको छ । आगामी १४ डिसेम्बरबाट हुने प्रतियोगिताका लागि ‘माइक्रो चिप’युक्त बल निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।
यस्तो बलले बलरको स्पीड, प्री बाउन्स र पोस्ट बाउन्सलगायत रेकर्ड गर्नेछ । जसले खेल विश्वासनीय बनाउन रेफ्रीलाई सहयोग पुग्नेछ ।