थप समाचारसोमबार, २७ श्रावण , २०७६

सलामी नलिएका प्रधानमन्त्री ओलीको रेड कार्पेट सवारी (तस्वीरहरु)

हिमालखबर

 

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो स्वदेश फर्किएका छन् । १८–२६ साउनको सिंगापुर यात्रालाई प्रधानमन्त्री ओलीले व्यक्तिगत भ्रमण भनेका छन् ।

सिंगापुर प्रस्थान अगाडि नै मन्त्रिपरिषद्को बैठक बोलाएर प्रधानमन्त्री ओलीले सिंगापुरमा हुने उपचार खर्च सरकारी कोषबाट नलिने निर्णय लिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फकर्दै गर्दा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गरे ।

यसबीचमा नेकपा सचिवालय बैठक दुई साताका लागि स्थगित गरियो । स्वास्थ्य रिपोर्ट आउन समय लागेको भन्दै अध्यक्ष ओली निर्धारित समय लम्ब्याएर २६ साउनमा स्वदेश फर्किएका छन् ।

तर, स्वदेश फर्कदै गर्दा जाँदा जस्तै अर्को निर्णय पनि लिए । निजी भ्रमण भएकाले नेपाली सेनाको सलामी नलिने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पत्रकारहरुसँग केही नबोल्ने ।

समाचारको खोजीमा पुगेका सञ्चार माध्यममा प्रधानमन्त्री ओलीले लिएका दुवै निर्णय सञ्चारित भयो ।

भीभीआईपीको विदेश भ्रमणमा नेपाली हवाइ आकाश नै खाली गरिन थालेका बेला नेपाली सेना देशको प्रधानमन्त्री स्वदेश फर्कदै गर्दा सलामी दिन तयार हुने नै भयो । प्रधानमन्त्री ओलीले त्यसलाई रद्ध गरिदिए ।

तर, स्थानीय तहसम्म पुगेको रेड कार्पेटको बद्नामी अनि त्रिभुवन विश्वविद्यालयको कार्यक्रममा जाँदा प्रधानमन्त्री ओली आलोचित हुनु परेको रेड कार्पेट सवारी भने यस पटक पनि कायमै थियो । सभामुखसहित थुप्रै मन्त्री रेड कार्पेट टेकेरै स्वागतका लागि उभिएका थिए ।

 

प्रतिकृया दिनुहोस