थप समाचारसोमबार, २७ श्रावण , २०७६

विद्यार्थीसँग पूर्व मिस नेपाल सुब्बा

हिमालखबर

पूर्व मिस नेपालबारे आमवृत्तमा जबर्जस्त चासो रहने गर्छ । अनि पूर्व मिस नेपालहरु पनि विभिन्न सामाजिक गतिविधिमा आवद्ध हुँदै आएकी छन् ।

यस्तै एक, माल्भिका सुब्बा आइतबार विद्यार्थीमाझ देखिइन् । नृत्य, उद्घोषण र साजसज्जाबारे निर्देशन गर्दै । थापाथलीस्थित एभरेष्ट कलेजका विद्यार्थीहरुले पूर्व मिस नेपाल सुब्बाकै निर्देशन र नेतृत्वमा विभिन्न १२ शीर्षकमा आफ्नो प्रतिभा देखाए ।

ती विद्यार्थीहरुलाई साल्सा नृत्य, उद्घोषण र साजसज्जाका लागि क्रमशः रियाज श्रेष्ठ, सञ्जय गुप्ता र स्वस्तिका राजभण्डारीले सुब्बासँगै सहजीकरण गरे ।

२१ वर्षदेखि सञ्चालित एभरेष्ट कलेजले आफ्ना विद्यँर्थीहरुलाई अतिरिक्त गतिविधिको ज्ञान दिदै आएको छ । त्यही क्रममा पूर्व मिस नेपाल सुब्बा एभरेष्ट कलेजका विद्यार्थीमाझ निर्देशन गर्न पुगेकी हुन् ।

प्रतिकृया दिनुहोस