एन्फाकै प्रतियोगितामा नक्कली जर्सी !
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो सक्रियता बढाउने प्रयास गरिरहेको छ । त्यसै अन्तर्गत ग्रासरूट प्रतियोगिता आयोजना गरेको छ ।
५२ जिल्लामा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत विराटनगरको प्रतियोगिताका विजेताले लगाएकै जर्सी नक्कली परेको छ । एन्फाका प्रवक्ता किरण नक्कली जर्सी परेको स्वीकार्छन् । प्रवक्ता राई भन्छन्, “यसलाई सुधार्ने प्रयास भइरहेको छ ।”
प्रतियोगितामा भाग लिने टीमले आफै जर्सीको व्यवस्था गर्दा नक्कली जर्सी परेको हो । यसमा कमजोरी एन्फाकै देखिन्छ । किनभने प्रतियोगितामा भाग लिने टीमलाई जर्सीको मापदण्ड तोकिएको छैन । समर्थकले नक्कली लगाएपछि त्यही जर्सी खेलाडीले नै लगाएको प्रवक्ता राई बताउँछन् ।
यसका लागि एन्फाले प्रहरीमा उजरी पनि दिइसकेको छ ।
“नक्कली उत्पादक र ब्यापारीविरुद्ध उजुरु दिइएको छ । तर, कुनै कार्बाही भएको छैन”, प्रवक्ता राई भन्छन् । तर, आगामी प्रतियोगितामा यसबारे ध्यान दिइने राईले बताए ।
उसोत, नक्कली जर्सी नेपालमा भन्दा बढी विदेशमा प्रयोग हुने गरेको छ ।
सक्कली कस्तो हुन्छ ?
नेपाली फुटबल टीमको आधिकारिक जर्सी चीनमाकेल्मी कम्पनीले उत्पादन गर्छ । जर्सीको वितरण भने कामारु ट्रेडिङले गर्दै आएको छ ।
कामारुबाटै राष्ट्रिय टीम, विभागीय टीम र अन्य फुटवल क्लबले सम्झौताका आधारमा वितरण हुँदै आएको छ । तर, एन्फाको लोगो राखेरै नक्कली जर्सी उत्पादन र वितरण भइरहेको छ ।
जुन जर्सीमा केल्मीको लोहो हुँदैन । त्यही नक्कली जर्सी आधिकारिक प्रतियोगितामा समेत खेलाडीले नै प्रयोग गर्ने गरेका छन् ।