समाचारसोमबार, २७ श्रावण , २०७६

कांग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

हिमालखबर

नेपाली कांंग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन ३१ साउन ३१ ६ भदौसम्म गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रुपन्देही र भैरहवा अनि कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।

केन्द्रीय कार्यालय सचिव मुक्ति आचार्यका अनुसार ३१–३२ साउनमा पोखरा, २–३ भदौ रुपन्देही र ५–६ भदौमा सुर्खेतमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

प्रशिक्षणमा कांग्रेसका साङ्गठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्याङ्कन तथा जनतासँग सम्पर्क र संवादजस्ता विषयमा छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस