थप समाचारसोमबार, २७ श्रावण , २०७६

कम परिमाणमा पेट्राेलियम पदार्थ बिक्री गर्ने फ्यूल सेन्टरमा सिलबन्दी

हिमालखबर

गुणस्तर तथा नापतौल कार्यालय पर्साले कम परिमाणमा पेट्राेलियम पदार्थ बिक्री गर्दै आएको हेटौंडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ ।

लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो ।

फ्युल सेन्टरलाई आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरिनुका साथै ठगी मुद्दा चलाइएको कार्यालय प्रमुख शशीभूषण यादवले बताए ।

हेटौडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको एसियन पेन्टस् उद्योगले अनुमतिभन्दा बढी नापतौलका उपकरण प्रयोग गरेकाले उक्त उद्योगलाई समेत कारबाहीको दायरामा ल्याइएको छ ।

पेट्रोलियम पदार्थ वितरण गर्दा पम्पहरुमा सफ्टवेयर प्रणालीबाट भइरहेको ठगी सम्बन्धमा पहिलोपटक ठगीबारे पत्ता लागेको कार्यालयका प्रमुख यादवले बताए ।

प्रतिकृया दिनुहोस