समाचारसोमबार, २७ श्रावण , २०७६

प्रधानमन्त्री ओलीले न सलामी लिए, न सम्मेलन गरे

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फर्किएका छन् । उपचारका लागि १८ साउनमा सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली सोमबार सवा १२ बजे स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीले निजी भ्रमणमा निस्किएको भन्दै सेनाको सलामी ग्रहण गरेनन् । प्रधानमन्त्री फर्कने कार्यक्रम थाहा पाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पत्रकारहरुसँग समेत प्रधानमन्त्री ओलीले स‌ंवाद गरेनन् । उनले आफ्नाे स्वास्थ्य अवस्था बारे भने, “पछि थाहा पाइहाल्नु हुन्छ नि ।”

प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार पनि आफ्नै खर्चमा गरेका थिए । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पुगेका थिए ।

प्रतिकृया दिनुहोस