थप समाचारसोमबार, २७ श्रावण , २०७६

थाहा नगरपालिका उत्कृष्ट

हिमालखबर

कार्य सम्पादन मूल्याङ्कनका आधारमा थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट स्थानीय तह घोषित भएको छ ।

१० स्थानीय तह मध्ये उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा थाहा नगरपालिकालाई सम्मान गरेको हो ।

सभामा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टलाई सभाका प्रमुख अतिथि एवं प्रदेश–३ का मुख्य मन्त्री डोरमणि पौडेलले सम्मानपत्र प्रदान गरेका थिए ।

थाहाले स्थानीय तह संचालन ऐन, नगरसभाले गरेको निर्णय, नगरबाट निर्माण भएका ऐन तथा कार्यविधिको आधारमा सहभागितामूलक विकास अवधारणालाई दिगो र संस्थागत गरेको, सेवा प्रवाह, आर्थिक नियमितता सुशासनलगायतका कार्यमा उदाहरणीय कार्य गरेकोले सम्मान गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरले सूचक नै बनाएर स्थानीय तहहरुको मूल्याङ्कन गरी सम्मान गरिएको समन्वय प्रमुख रघुनाथ खुलालले जानकारी दिए । उनले स्थानीय तहहरुलाई राम्रो काम गरेर उदाहरणीय बन्न अनुरोध गरेका छन् ।

सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस