सोमपाल आवद्ध टीमलाई ग्लोबल टी–२० क्रिकेटको उपाधि
ग्लोबल टी–२० क्रिकेटको उपाधि नेपाली खेलाडी सोमपाल कामी आवद्ध टीम विनिपेग हक्सले जितेको छ ।
फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा पराजित गर्दै विनिपेगले उपाधि जितेको हो । १९३ रनको लक्ष्य पाएको भ्यानकुभरले ६ विकेट गुमाउँदै १९२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा विनिपेगले १० रनको सामान्य लक्ष्य पायो । र निकै रोमाञ्चक बन्दै उपाधि विनिपेगले जित्यो । एक खेल मात्रै खेल्न पाएको सोमपाल कामीले फाइनल खेल खेल्न पाएनन् ।