थप समाचारआइतबार, २६ श्रावण , २०७६

कश्मीर प्रकरणलगत्तै भारतीय विदेशमन्त्री चीन पुगे

हिमालखबर

भारतका विदेश मन्त्री जयशंकर बेइजिङ पुगेका छन् । उनी तीन दिने चीन भ्रमणमा निस्किएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

जम्मु–कश्मीर प्रकरणलगत्तै जयशंकर बेइजिङ पुगेका हुन् । भारत सरकारले यो भ्रमण एक महीना अगाडि नै तय भएको जनाएको छ ।

तर, धेरैले यो भ्रमणलाई अर्थपूर्ण मानेका छन् । किनभने, कश्मीर प्रकरणप्रति चीनले आपत्ति जनाएको छ भने सत्तारुढ दल भाजपाका सांसदहरुले चीन भारतको असल मित्र कहिल्यै हुन नसक्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

भारत सरकारले भने चीनसँगको सम्बन्धमा विदेशमन्त्रीको भ्रमण केन्द्रित हुने जनाएको छ ।

प्रतिकृया दिनुहोस