म्यानचेस्टर युनाइटेडको शानदार शुरुवात
इंग्लिस प्रिमियर लिगमा चर्चित क्लब म्यानचेस्टर युनाइटेडले अर्का उस्तै राम्रो क्लब चेल्सीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
म्यानचेस्टर युनाइटेडका लागि मक्र्यूसले दुई गोल गरे । उनले खेलको १८औं मिनेटमै गोल गरेका थिए । दोस्रो हाफको ६७औं मिनेटमा पनि उनले गोल थपे ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको युनाइटेडका लागि दोस्रो हाफको ६५औं मिनेटमा एन्थोनी मार्टिलले गोल गरे भने ८१औं मिनेटमा डिनेल जेम्सले गोल गरेका थिए ।
खेल अवधिभर चेल्सीले युनाइटेडलाई दबावमा राखेपनि स्कोर गर्न नसकेपछि फराकिलो गोल अन्तरले पराजित हुन पुग्यो ।
जितसँगै युनाइडेटले तीन अंक जोडेको छ भने चेल्सी १९औं नम्बरमा झरेको छ ।