१२औं खेलाडी बनेर सोमपालले बिस्फोटक ब्याट्सम्यान आउट गरे
ग्लोबल टी–२० को फाइनल खेल केहीबेरमा शुरु हुँदैछ । उपाधिका लागि नेपाली खेलाडी सोमपाल कामी आवद्ध टीम विनिपेग हक्सले भ्यानकुभर नाइट्ससँग प्रतिष्पर्धा गर्दैछ ।
सोमपाल कामी आवद्ध टीम विनिपेगले गएरात सात विकेटको जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो । उक्त खेलको प्लेइङ इलेभेनमा सोमपाल कामी परेनन् ।
सोमपाल कामी नपरेपछि धेरै नेपालीका लागि उक्त खेल खासै रुचिमा परेन । क्रिकेट फुटबलजस्तो खेल होइन । जुनसुकै बेला मैदानका खेलाडी बाहिरिने र नयाँ मैदान छिर्नेलाई । क्रिकेटमा मैदानका कोही खेलाडी खेल्न नसक्ने परिस्थिति बन्नुपर्छ । र मात्रै अर्का खेलाडी मैदान छिर्छन् । त्यसैले प्लेइङ एघारमा नपरेपछि नयाँ खेलाडीले खेल्ने अवसर कम हुन्छ । खेल विनिपेगले जितेपछि भने समाचार बन्यो ।
जितको समाचार पनि लेखिए । तर, मैदानमा छिर्ने एघारमा नपरेका सोमपालले क्याच गर्दै बिस्फोटक ब्याट्सम्यानलाई आउट गरेका थिए । ब्रम्प्टनका अलराउण्डर शाहिद अफ्रिदीको बल सोमपालले क्याच गरेका थिए ।
जबकि सोमपाल १२औं नम्बरका खेलाडीका रुपमा मैदान छिरेका थिए । सोमपालले पउल भ्यान मेकेरिनको बलमा क्याच लिएर शाहिद अफ्रिदीलाई आउट गरेका थिए । त्यति बेला खेल १८.५ ओभरमा चलिरहेको थियो भने अफ्रिदीले १५ बलमै तीन छक्का र एक चौकासहित ३२ रन जोडिसकेका थिए ।
अन्ततः यही क्याच आउट विनिपेगका लागि जितको आधार पनि बन्यो । किनभने, २०१ रनको लक्ष्य पछ्याएको विनिपेगले पूरै ओभर खेलेर लक्ष्य भेटाएको थियो ।