कला/साहित्यआइतबार, २६ श्रावण , २०७६

पूर्व ‘मिस नेपाल अर्थ’ सिग्देल साझा पार्टीको केन्द्रीय सदस्य

हिमालखबर

सन् २०१८ की ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देल साझा पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् ।

पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यमा अनुमोदन गरिएको प्रवक्ता सूर्यराज आचार्यले बताए । सिग्देल पिछडिएका महिलाहरुको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था 'हात्ती-हात्ती'की संस्थापक अध्यक्ष हुन् ।

फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी प्रियाले ‘युवा चेञ्ज मेकर’का रुपमा स्वीट्जरल्याण्ड, भारत र बंगलादेशमा प्रस्तुति दिइसकेकी छन् ।

प्रतिकृया दिनुहोस