समाचारआइतबार, २६ श्रावण , २०७६

भक्तपुरमा एकै पटक तीन वटा बसलाई ठक्कर

हिमालखबर

सिन्धुली जाँदै गरेको बस अनियन्त्रित भएपछि भक्तपुरको मध्यपुर ठिमीमा एकै पटक तीन वटा बसलाई ठक्कर दिएको छ ।

बा ४ ख ५७९४ नम्बरको बस अयन्त्रित हुँदा सोही दिशातर्फका तीन बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बा ५ ख ४०२९, बा ३ ख ७०९३, र ना ६ ख ७१२५ नम्बरलाई ठक्कर दिएको हो ।

ठक्करमा परेका बसहरुका १६ यात्रु घाइते भएका छन् । घाइते १३ जनाको नागरिक अस्पताल र तीन जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस