थप समाचारआइतबार, २६ श्रावण , २०७६

कार्यकारी अध्यक्ष चयनपछि सोनियाले कश्मीरको पक्ष लिइन्

हिमालखबर

भारतीय राष्ट्रिय कंग्रेसको कार्यकारी अध्यक्ष चयन भएपछि सोनिया गान्धीले भारतीय सरकारको कदमप्रति आपत्ति जनाएकी छन् ।

सर्वसहमतिमा चयन भएपछिको प्रतिक्रियामा सोनियाले कश्मीर प्रकरणमा भारत सरकारले गम्भीर गल्ती गरेको प्रतिक्रिया दिएकी छन् ।

राहुल गान्धीले राजीनामा दिएपछि नयाँ नेतृत्वका लागि राजीनामा भारतीय राष्ट्रिय कंग्रेसका बरिष्ठ नेताहरुको दिल्लीमा बैठक बोलाइएको थियो ।

बैठकमा प्रष्ट नयाँ र पुराना पुस्ताका नेताहरुबीच मतभेद भए । अन्तिम समयमा राहुल गान्धीलाई बोलाएर सम्बोधन गर्ने अवसर दिइएको थियो ।

तर, पुराना नेताहरुले बैठक हल नै छोडेर हिड्न थालेपछि अन्ततः उनीहरुकै प्रस्तावअनुसार सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष मान्ने सहमति जुटेको छ ।

र, अब फेरि पनि भारतीय कंग्रेस सोनियाकै नेतृत्वमा चल्नेछ ।

प्रतिकृया दिनुहोस