थप समाचारशनिबार, २५ श्रावण , २०७६

कश्मीर प्रकरणमा भारतलाई जवाफः यहाँ २० जना मात्रै छन् ?

हिमालखबर

तस्वीरः बीबीसी हिन्दी

भारतीय गृह प्रशासनले अन्तरराष्ट्रिय मिडियाले लेखेको समाचारमा आपत्ति जनाएको छ । २० जना पनि नभएको प्रदर्शनलाई दश हजार लेखेर सरासर झुट लेखेको आरोप लगाएका छन् ।

तर, भारतको संविधानको धारा ३७० खारेजीको विरुद्धमा निस्किएको प्रदर्शनको तस्वीर एकपछि अर्को मिडियाले सार्वजनिक गर्न थालेका छन् ।

जबकी, भारतीय गृह मन्त्रालयका प्रवक्ताले प्रदर्शन २० जना भन्दा बढी सहभागी नभएको प्रदर्शनलाई १० हजार भनेर प्रचार गरिएको भनेर खण्डन गरेका थिए । रोयटर्सको नामै उल्लेख गरेर गृह प्रवक्ताले उक्त समाचार सरासर झुट भनेको छ ।

तर, प्रदर्शनबारे बीबीसी हिन्दीले नै भारत सरकारले लिएको नीतिविरुद्ध उत्रिएको समाचार र तस्वीर सार्वजनिक गरेको छ । जसले भारतीय सरकारको दावी खण्डन गर्छ । अहिले बीबीसी हिन्दीको तस्वीर सवैतिर साभार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस