थप समाचारशनिबार, २५ श्रावण , २०७६

पाकिस्तानले १३ भारतीय अधिकारीलाई फिर्ता पठायो

हिमालखबर

भारतले कश्मीर बारे संवैधानिक धारा ३७० खारेज गरेपछि क्रुद्ध बनेको पाकिस्तानले भारतसँग कुनै राजनीतिक, व्यापारिक सम्बन्ध नराख्ने घोषणा गरे अनुरूप १३ जना भारतीय कूटनीतिक अधिकारीहरूलाई स्वदेश फिर्ता गरेको छ ।

यसैगरी पाकिस्तानले भारत–पाकिस्तान चल्ने सम्झौता एक्सप्रेस रेल सेवा बन्द गरेको केही दिनमै पाकिस्तानको लाहोरदेखि नयाँदिल्ली चल्ने बस सेवा पनि बन्द गरिदिएको छ ।

यसैगरी पाकिस्तानले मुनाबाव–खोखरा रेल सेवा पनि रद्द गरेको छ । साथै, थार एक्सप्रेस पनि रोक्ने निर्णय गरेको बताइएको छ । थार एक्सप्रेस राजस्थानको जोधपुरबाट पाकिस्तान जाने गर्छ ।

प्रतिकृया दिनुहोस