थप समाचारशनिबार, २५ श्रावण , २०७६

बालुवा निकालेको खाल्डोमा परेर दुईको मृत्यु, डोजरमा आगो लगाइयो

हिमालखबर

धादिङको दरिङ्गाल खोलामा बालुवा झिक्दा बनेको खाल्डोमा परेर दुई जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका–६ ठूलीफाँटमा बालुवा निकालेपछि बनेको खाल्डोमा जमेको पानीमा दुई युवाको डुबेर मृत्यु भएको हो ।

गजुरी–७ का १९ वर्षीय भीम तामाङ र २१ वर्षीय सुमन तामाङको डुबेर मृत्यु भएको हो । रातको समयमा तस्करले बालुवा निकालेको र त्यहाँ जमेको पानीमा डुबेर दुई जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन् ।

आक्रोशित समूहले त्यहाँ तीन वटा डोजरमा आगो लगाइदिएका छन् ।

 

प्रतिकृया दिनुहोस