मेसी र रोनाल्डो, कस्ले धेरै जिते अवार्ड (तालिकासहित)
लियोनल मेसी र क्रिश्चियानो रोनाल्डो यो पुस्ताका सुपर स्टार हुन् । यी दुई खेलाडीबीच सँधै तुलना हुने गर्छ । समर्थकहरु बाडिन्छन् ।
यस पटक पनि नयाँ सिजन शुरु हुनु अगाडि नै यी दुई स्टारहरुबीच अवार्डका लागि स्पर्धा भयो । गत सिजनको प्रदर्शनलाई लिएर भएको ‘गोल अफ दी सिजन’ अवार्ड भोटिङका आधारमा मेसीले हात पारे । रोनाल्डो पछि परे ।
बालोन डी’ओरमा सवैभन्दा रोचक प्रतिश्पर्धा हुँदै आएको छ । सन् २००८ यता यो उपाधि मेसी र रोनाल्डोकै लागि तय गरिदिएजस्तो भयो । दुवैले पाँच/पाँच पटक यो अवार्ड जिते । तर, सन् २०१९ मा भने क्रोयसियाका स्टार लुका मोड्रिचले हात पारे । १२ वर्षपछि यो अवार्डबाट मेसी र रोनाल्डो बञ्चित भए ।
उसोत, हरेकजसो अवार्डमा यी दुई स्टारको प्रतिश्पर्धा हुने गरेको छ । फिफाले बाड्ने अवार्डमै पनि यी दुई स्टारको प्रतिश्पर्धा नै छ । फिफा विश्व वर्ष खेलाडीको अवार्ड मेसी र रोनाल्डोले समान एक÷एक पटक जितेका छन् । रोनाल्डो सन् २००८ र मेसीले सन् २००९ मा जितेका हुन् ।
फिफा उत्कृष्ठ खेलाडीको अवार्ड रोनाल्डोले दुई पटक जितिसकेका छन् । सन् २०१६ र ०१७ मा लगातार फिफाको उत्कृष्ठ खेलाडी बन्दा मेसीले यो अवार्ड जित्न सकेका छैनन् । तर, मेसीले फिफा कप गोल्डेन बल जितेका छन् ।
सन् २०१४ को विश्वकपको फाइनलमा आफ्नो टीम अर्जेन्टिनालाई पु-याउने क्रममा मेसीले यो अवार्ड जितेका हुन् । यस्ता थुप्रै अवार्ड छन् । जहाँ, प्रतिश्पर्धा तीव्र छ ।
मानौं– विभिन्न अवार्ड यिनै दुई खेलाडीका लागि भनेर तय गरिदिएका हुन् ।
-एजेन्सीकाे सहयाेगमा