दुई महीना धोनी सैनिक पोशाकमा, जम्मु–कश्मीरमा
विश्वकप क्रिकेटपछि महेन्द्रसिंह धोनीको भारतमा खुबै आलोचना भयो।
विशेषगरी न्यूजिल्याण्डसँगको सेमीफाइनल खेलमा धोनीले अपेक्षित प्रदर्शन नगर्दा टीम विश्वकपबाट बाहिरिनु यसको कारण थियो।
यो बीचमा धोनीले क्रिकेट करिअरबाटै सन्यास लिएको बजार चर्चा पनि चल्यो । तर, भारतीय मिडियाहरुले धोनीले सन्यास लिएको नभएर भारतीय सेनामै दुई महीना रहने खबर सम्प्रेषण गरे ।
सैनिक पोशाकमा रहेको तस्वीरसहित धोनी अब दक्षिण कश्मीरमा रहने उल्लेख गरेको छ ।
लेफ्टिनेन्ट कर्णेल धोनी भारतीय सैनिक वलको मनोबल उच्च राख्न पनि दुई महीना क्रिकेट टीममा नरहने जनाइएको छ । वेष्ट इण्डिजसँगको टी–२०, एक दिवसीय टिममा पनि धोनी टीममा छैनन् ।