यसरी बने माने मेस्सी र रोनाल्डो भन्दा उत्कृष्ट खेलाडी
यस पटक च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राइकर अवार्डमा मेस्सी र रोनाल्डो दुवै परेका छन् ।
अनि, प्रतिश्पर्धामा अर्का स्टार पनि छन्– लिभरपुलका माने ।
युरोपियन फुटबल महासंघ (युएईएफए) ले बिहीबार साँझ सार्वजनिक गरेको च्याम्पियन्स लिगको मनोनयनमा लिभरपुलका साडियो माने, मेस्सी र रोनाल्डोसँगै स्ट्राइकरको उपाधिका दावेदारमा देखिएका हुन् ।
धेरैका लागि यो खबरले झस्काउन सक्छ । तर, यो सिजनको रेकर्ड हेर्दा त्यस्तो नलाग्न सक्छ । किनभने, च्याम्पियन लिगमा सुपर स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको भन्दा उत्कृष्ट रेडर्क छ, साडियो मानेको । यो सिजनमा लिभरपुलका लागि १४ गोल गरेका सेनेगलका खेलाडी मानेले अघिल्लो सिजनमा १० गोल गरेका थिए ।
च्याम्पियन लिगमा मानेले औसत ९५ मिनेटमा गोल गरेका छन् । यो रेकर्ड मेस्सी र रोनाल्डोको रेकर्ड भन्दा बढी हो । जबकी रोनाल्डोको रेकर्ड १०७ मिनेट र मेस्सीको रेकर्ड १२७ मिनेटमा एक गोल रहेको छ ।