फेरि पनि रोनाल्डोसँगै डिबाला
अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले इटालिएन सिरि ए च्याम्पियन क्लब युभेन्टस छोड्ने हल्ला बिहीबार दिउँसोबाट सकिएको छ ।
किनभने, डिबालालाई युभेन्टस आफैले राख्ने निर्णय लिएको छ । क्रिश्टियानो रोनाल्डो युभेन्टसमा गएपछि बढी चर्चामा आएका डिबालालाई बिक्रीमा राखिएको थियो ।
डिबालालाई बेच्ने भन्दा पनि किन्ने पक्षको चर्चा बढी भइसकेको थियो । किनभने च्यान्चेस्टर युनाइडेट र टोटनह्यामजस्ता क्लब डिबालालाई किन्न चाहन्थें । यतिसम्म कि टोटन ह्याम डिबालालाई जसरी पनि किन्न चाहन्थे र मूल्यमा कुरा मिलिरहेको थिएन ।
तर, अन्तिम समय युभेन्टस नै आफैं पछि सरेर डिबालालाई आफै राख्ने निर्णय लियो । अव विश्वका धेरै फुटवल प्रेमीहरुले रोनाल्डोसँगै डिबालालाई पनि देख्नेछन् । रोनाल्डोसँगै युभेन्टसका लागि खेल्नछन् ।
विश्व स्टार रोनाल्डो गत वर्ष मात्रै युभेन्टस गएका हुन् । तर, लियोनल मेसीपछि अर्जेन्टिनाको सपना बनिरहेका डिबाला सन् २०१५ देखि युभेन्टसका लागि खेलिरहेका छन् । उनले अन्तिम सिजनमा पनि १० गोल गरेका छन् ।