आईसीसी बरियतामा पारसको छलाङ, ब्याटिङमा धोनी र गेल पछि परे
आईसीसीले मंगलबार अबेर सार्वजनिक गरेको टी–२० मा बरियतामा नेपालका कप्तान पारस खड्काले ठूलो छलाङ मारेका छन् ।
अलराउण्डरतर्फ कप्तान खड्का ४१ बाट २५औं स्थानमा उक्लिएका छन् । खड्काले भारतीय खेलाडी सुरेश रैनालाई समेत पछि परे ।
खड्काले अलराउण्डरतर्फ रासिद खान, डेविड विले, क्रिस मोरीस, जोय रुट, क्रिस गेल, किरोन पोलार्ड, बेन स्टोक्सजस्ता अन्तर्राष्ट्रिय खेलाडीलाई पछि पारे ।
अलराउण्डरमा उत्कृष्ट ५० भित्र पारस पहिलो पटक परेका हुन् ।
अलराउण्डरको पहिलो स्थानमा ग्लेन म्याक्सवेल छन् भने दोस्रो स्थानमा शकिब अल हसन ।
टी–२० ब्याटिङमा खड्का ६६औं स्थानमाउक्लिएका छन् । जबकी महेन्द्रसिंह धोनी ६७औं स्थानमा छन् । विस्फोटक ब्याट्सम्यान क्रिस गेल ७३औं स्थानमा छन् ।