राष्ट्रिय तेक्वान्दो चितवनमा हुने
रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराह, न्यू स्टार र सौराह डोजाङको संयुक्त आयोजनामा चितवनमा तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनशिप हुने भएको छ ।
आगामी १ र २ कात्तिकमा चितवनको रत्ननगर नगरपालिकामा आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ २४ र महिलामा २२ गरी कूल ४६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै पुम्सेतर्फ पुरुषका पाँच र महिलाका चार गरी नौ विधामा प्रतिस्पर्धा हनेछ । प्रतियोगितामा ६५ स्वर्ण, ६५ रजत र कास्यमा १३० गरी कूल २६० पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालनका लागि अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डशिप तेक्वान्दो च्याम्पियनशिप (आइओएफटिसी) र ललितपुरको मैत्री तेक्वान्दो डोजाङले सहयोग तथा सहकार्य गर्ने आयोजकले जनाएको छ ।