खेलकुदमंगलवार, मंसिर २८, २०७३

च्याम्पियन्स लिगको तालिका सार्वजनिक

हिमालखबर

युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । १२ डिसेम्बरमा सार्वजनिक तालिका अनुसार वार्यन म्यूनिखले आर्सनल र बार्सिलोनाले पेरिस सेन्ट प्रतिद्धन्द्धि पाएको छ ।

यस्तै म्यानचेस्टर सिटी र मोनाको, रियल म्याड्रिड र नेपोली, बेल्फिका र बोरुसिया, युभेन्टस् र पोर्टो, बायर लेभरकुजन र एट्लिेटिको तथा लेस्टर सिटी र सेभियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो लिग १४, १५, २१ र २२ फेब्रुअरी तथा दोस्रो लिग ७, ८, १४ र १५ मार्चमा हुने भएको छ ।

प्रतिकृया दिनुहोस