सागको तयारी अनुगमन गर्न उपसमिति
आगामी मंसिरमा काठमाडौं र पोखरामा हुन गइरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को अनुगमन गर्न उपसमिति गठन गरिएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले अनुगमन गर्न उपसमिति गठन गरेको हो । १३औं साग प्रतियोगिताको तयारीबारे अनुगमन गर्न जीवनराम श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
उपसमितिमा गजेन्द्र बहादुर महत, नबिना लामा, नमिता कुमारी चौधरी र नारायण मरासिनी सदस्य छन् । समिति सभापतिका सभापति जयपुरी घर्तीका अनुसार उपसमितिलाई अहिलेसम्म भएको तयारीबारे प्रतिवेदन बुझाउन भनिएको छ ।