ग्लोबल टी–२० मा सन्दीपले लिए दोस्रो ओभरमा विकेट
ग्लोबल टी–२० मा दोस्रो पटक खेलिरहेका सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरमा विकेट लिएका छन् ।
पहिलो ओभरमा २४ रन दिएर खर्चिलो बनेका सन्दीपले आफ्नो दोस्रो ओभरको तेस्रो वलमा विकेट लिएका हुन् । सन्दीपले ब्रम्प्टनका कप्तान कोलिन मुन्द्रोलाई क्याच आउट गराए ।
बाँकी दुई ओभरमा सन्दीपले कुनै पनि विकेट लिन सकेनन् । सन्दीप चार ओभरमा ४४ रन खर्चिए ।
सन्दीपको टीम टोरन्टोको चौंथो खेलमा सन्दीप पहिलो पटक प्लेइङ इलेभेनमा परेका हुन् ।
सन्दीपको टीम अहिले ब्रम्प्टनविरुद्ध मैदानमा छ । यस अगाडि टी–२० एसिया छनोट खेल परेकाले सन्दीपले खेल्न पाएका थिएनन् । तेस्रो खेलमा सन्दीप क्यानडा पुगेपनि टोरेन्टोले सन्दीपलाई खेलाएका थिएनन् ।
सन्दीपलाई टोरन्टो नेसनन्सले ६० हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन् ।
नेपाल अलराउण्डर सोमपाल कामी पनि ग्लोबल टी–२० मा पहिलो पटक छनोट भएका छन् । तीन हजार अमेरिकी डलरमा विनिपेगमा आवद्ध सोमपालले अहिलेसम्म प्लेइङ इलेभेनमा स्थान बनाउन सकेका छैनन् ।