मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा तीन महीना प्रतिबन्ध
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई ५० हजार अमेरिकी डलर जरिवानासहित अन्तर्राष्ट्रिय फुटवलमा तीन महीना प्रतिबन्ध लगाइएको छ ।
कोपा अमेरिका फुटबलबारे दिएको टिप्पणीका लागि अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले मेस्सीलाई प्रतिबन्ध लगाएको हो । केही समय अगाडि सकिएको कोपा अमेरिका फुटबलबारे मेस्सीले कडा अभिव्यक्ति दिएका थिए ।
कोपा अमेरिकालाई भ्रष्ट र ब्राजिलले जित्ने निश्चित भएको अभिव्यक्ति दिएका थिए । प्रतिबन्धपछि मेस्सीले चिली, मेक्सिको र जर्मनीसँग तय भएको खेल्न पाउने संभावना बढी छ । तर, मेस्सीलाई जरिवाना र प्रतिबन्धविरुद्ध अपिल गर्ने अवसर भने छ । मेस्सीले सात दिनभित्र अपिल गर्न सक्छन् ।