स्टार बलर आर्चर प्लेइङ सेटमै परेनन्
विश्वकप क्रिकेटमा पहिलो पटक इंग्ल्याण्डलाई उपाधि दिलाउन जोफ्रा आर्चरको महत्वपूर्ण योगदान रह्यो । राष्ट्रिय टीममा परेको छोटै समूहमा इंग्ल्याण्डलाई विश्वकपको उपाधि पनि दिलाए ।
अहिले इंग्ल्याण्ड विश्वकपपछि दोस्रो टेष्ट सिरिज खेल्दैछ । र, यो सिरिजमा स्टार बलर जोफ्रा आर्चरले स्थान बनाउन सकेनन् ।
अस्ट्रेलियासँग बहुचर्चित टेस्ट क्रिकेट सिरिज एसेजमा आर्चर प्लेइङ इलेभेनमा नपरेका हुन् । खेल आजबाट शुरु हुँदैछ । अस्ट्रेलियाले पहिले नै प्लेइङ सेट सार्वजनिक गरेपनि इंग्ल्याण्डले भने बुधबार मात्रै सार्वजनिक गरेको हो ।
प्लेइङ इलेभेन
जोय रुट कप्तान, रोरी बन्र्स, जोसन रोय, जोए डेनले, जोस बटलर, बेन स्टोक्स, जोनी बेयरेस्टो, मोइन अली, क्रिस वोक्स, स्टुअर्ट ब्राड र जेम्स एन्डरसन ।