रियो ओलम्पिक: म्याटमा ३ मिनेट ३६ सेकेन्ड टिकिन फुपु ल्हामु
रियो ओलम्पिकमा सहभागी जुडो खेलाडी फुपु ल्हामु खत्री क्युबाकी मारिसेटसँगको खेलमा ३ मिनेट ३६ सेकेन्डसम्म खेलेर बाहिरिएकी छन् ।
६३ केजी तौल समूहमा खेलेकी उनले रेफ्रिबाट तीन पटक सिदो (चेतावनी) पाइन् ।
४ मिनेटको प्रतिस्पर्धामा खेल पूरा हुन २४ सेकेन्ड बाँकी रहँदा रेफ्रिले खेल रोकेका थिए । यो ओलम्पिकमा नेपालको जुडोतर्फको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।
सन् २००८ को बेइजिङ ओलम्पिकमा ६३ केजी तौल समूहमा नेपालकी देबु थापा चाइनिज ताइपेइकी वाङ चिन(फाङसँग २२ सेकेन्डमा पराजित भएकी थिइन्।
२१ वर्षीय फुपुले रियोमा पुरै समय खेल्ने आफ्नो लक्ष्य भएको बताएकी थिइन् तर, अनुभवी २७ वर्षीय स्पिनोसाको ‘टेक्निक’को अगाडि उनले पूरा अवधि खेल्न सकिनन् ।