जोरपाटी नयाँवस्ती प्रहरी बीट आक्रमण, तीन मोटरसाइकल जलाइए
काठमाडौंको जोरपाटी नयाँबस्तीस्थित प्रहरी बीटमा आक्रमण भएको छ ।
हिजो २५ मंसीर शनिबार राति मादक पदार्थ सेवन गरी बाटोमा बेहोस अवस्थामा भेटिएका ३६ वर्षीय ट्याक्सी चालक राजकुमार लामालाई प्रहरीले समयमै अस्पताल नपुऱ्याएको भन्दै चालक राजकुमार आफन्तहरुको समूहले बीटमा आक्रमण गरेको हो ।
दोलखा घर भई नयाँबस्ती बस्ने राजकुमार सडकमा बेहोस भेटिएका थिए भने उनलाई अत्तरखेलस्थित मेडिकल कलेज पुऱ्याउँदा पुऱ्याउँदै मृत्यु भएको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रधुम्न कार्कीका अनुसार करिब ६० जनाको समूहमा रहेका आक्रमणकारीले बीटमा रहेका तीन निजी र एक प्रहरीको मोटरसाईकल जलाएका छन् ।
भीड नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।
आक्रमणकारी समूहका १३ जनालाई पक्राउ गरेको प्रवक्ता कार्कीले बताएका छन् ।
* सच्याइएको