बजारमा हुवावेको वाई–९ प्राइम
हुवावेले पप–अप क्यामरा भएको वाई–९ प्राइम स्मार्टफोन सार्वजनिक गरेको छ ।
यसमा ६.५९ इन्चको फूल एचडी डिस्प्ले, ४००० एमएएचको ब्याट्री, एन्ड्रोइड–९ अपरेटिङ सिस्टम, ४/१२८ जीबी र्याम लगायतका विशेषता छन् । यो स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप छ ।
कालो, नीलो र हरियो रंगमा उपलब्ध यो स्मार्टफोनको मूल्य २९ हजार ९९० तोकिएको छ ।