आज चुरे क्षेत्रमा पहिरो र बाढीको जोखिम
आज चुरे पहाडका क्षेत्रका जनतालाई बाढी पहिराे जान सक्ने भएकाेले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिकै रहेकोले आज नेपालमा मनसुनी वर्षा सक्रिय हुने र त्यसका कारण पूर्व, मध्य र पश्चिमका चुरे क्षेत्रमा पहिरो र खोलाहरु बढ्न सक्ने महाशाखाले जनाएकाे छ ।
महाशाका अनुसार वर्षाका कारण आज हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने छ ।
अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले प्रदेश १, २, ३, ५ र गण्डकीकाे चुरे र पहाडबाट बहने साना खाेलाहरुमा उच्च बहाव हुने भएकाेले सचेत रहन आग्रह गरेकाे छ ।
केन्द्रका अनुसार झापा झापा, मोरङ, सुनसरी, पर्सा, बारा, चितवन, मकबानपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका खाेला तथा नदीहरु बढ्न सक्छन् ।