७ वटा सवारी साधन आपसमा ठोकिंदा २ जनाको मृत्यु, ९ घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा–१५ चुरियामाईमा सातवटा सवारी साधन आपसमा ठाेकिएर भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
चुरियामाईमा रोकिराखेका चारवटा गाडीमा गुडिरहेको एक मोटरसाइकलसहित अन्य दुईवटा सवारी साधन ठोकिंदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले बताएका छन् ।
भट्राईका अनुसार दुर्घटनामा परी नाैजना घाइते भएकामा आठजना घर फर्किसकेका र बाँकी एकजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
बिहान करीब साढे ११ बजे भएको उक्त सडक दुर्घटनाका कारण मोटरसाइकल र अटो रिक्सामा धेरै र अन्य सवारी साधनमा कम क्षति भएको उनले बताए ।