समाचारमंगलबार, ७ श्रावण , २०७६

चट्याङ् लागेर दुई जनाको मृत्यु

रासस

सप्तरीका छुट्टाछुट्टै ठाउँमा चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ ।

आज बिहान चट्याङ् लागेर सुरुङ्गा नगरपालिका ३ का हरिहर चौधरी (५५) र हनुमाननगर कङ्कालिनी नगरपालिका ११ शिवसतीदेवी पण्डित (४५) को मृत्यु भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

खेतमा काम गरिरहेको अबस्थामा चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो ।

पण्डित भने खेतमा काम गरिरहेका आफ्ना पतिलाई खाना पुर्‍याएर घर फर्कने क्रममा चट्याङ् लागेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस