संशोधन विधेयकप्रति मोर्चा लचिलो
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने जनाएको छ ।
बिजुलीबजारस्थित तराई–मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा आज बसेको मोर्चाको बैठकले संशोधन प्रस्ताव छलफल र सहमतिका आधारमा पारित गर्ने निर्णय गरेको हो ।
सरकारले संशोधन प्रस्तावलाई सहमतिका आधारमा अघि बढाएको खण्डमा मोर्चाले सहयोग गर्ने निर्णय गरेको मोर्चाको एकघटक मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए ।
मोर्चाले संशोधनका विषयलाई लिएर नेकपा एमाले देशमा 'वितन्डा मच्चाउनु' लोकतन्त्र र सङ्घीय अभ्यासको बर्खिलाप भएको ठहर पनि गरेको छ ।
संशोधनका विरुद्ध अहिले चलिरहेको आन्दोलन उत्पीडित जनतालाई अधिकार नदिनका लागि चलाइएको वितण्डा भन्दै मोर्चाले सोको निन्दा गरेको छ ।
शुरुमा संशोधन प्रस्तावलाई ठाडै खारेज गरेको मोर्चा पछिल्लो समय उक्त प्रस्तावप्रति लचिलो बन्दै गएको छ ।
रासस