निर्माणाधीन मन्दिरको छत खसेर च्याप्दा दुईको मृत्यु
पाँचथरमा निर्माणाधीन मन्दिरको छत खसेर च्याप्दा दुईजनाको मृत्यु भएको छ ।
हिलिहाङ गाउँपालिका ७ टारीमा रहेको यलम्बर पार्कमा निर्माणाधीन मन्दिरको छत खसेर च्याप्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको मृत्यु भएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।
छतको 'सटिङ्' खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेकाे थियाे ।
पाैडेलका अनुसार बिहान करीब ९ बजे घटना भएकाे हाे ।
अहिले प्रहरी र स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ ।
ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण 'सटिङ' खुस्काउने क्रममा पूरै छत खसेको हुनसक्ने प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।
उक्त मन्दिरको छत २० दिन अघि नै ढलान गरिएको स्थानीय अर्जुन रिजालले बताए ।