अमेरिकामा गीता आध्यात्मिक सम्मेलन हुँदै
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा गीता आध्यात्मिक सम्मेलन हुने भएको छ ।
२६—२८ जुलाईमा हुने उक्त सम्मेलनमा अमेरिकााका बिभिन्न १६ राज्यबाट हिन्दु समुदायका प्रतिनिधि र धर्मानुरागीहरु समेत गरि १ हजार ५०० बढि सहभागि हुने विश्व भुटानी हिन्दु संगठनका अध्यक्ष कमल धिमालले बताएका छन् ।
विश्व भुटानी हिन्दु संगठन र बैदिक सेवा समाज कोलम्बसले संयुक्त रुपमा आयोजना गर्ने उक्त सम्मेलनमा भजन र हिन्दु ग्रन्थ गीताका पुस्तकहरु वितरण गरिने कार्यक्रम रहेको पनि धिमालले बताएका छन् ।
सम्मेलन अवधिभर झाँकीसहित भजन किर्तन र प्रवचन हुने पनि उनले बताएका छन् ।
संगठनले सन् २०१३देखि अमेरिकाका विभिन्न राज्यमा यस्तो सम्म्मेलन आयोजना गर्ने गरेको छ ।
उक्त सम्मेलनमा सन् २०२० मा १०८ भागवत् महापुराण सहित विश्वशान्ति महायज्ञ को लागि संकल्प गरिने पनि जनाएको छ । सम्मेलनमा करिब १५ हजार अमेरिकी डलर खर्चहुने बताइएको छ ।
सन् २००८ देखि सन् २०१८ सम्ममा अमेरिकाका ४० बढि राज्यहरुमा पुर्वी नेपालका पाँच ठाँउमा रहेका शिबिरबाट १ लाख १३ हजार भुटानी शरणार्थी पुनर्वास भएकोमा करिव ९७ हजार अमेरिकामा मात्र पुनर्वास भएका थिए ।