नेपालबाट अमेरिकामा पुनर्वास भुटानी दम्पतीको शंकास्पद मृत्यु
नेपालबाट पुनर्वास भएका भुटानी शरणार्थी दम्पतीकाे अमेरिकाकाे न्यू हेम्सायरमा शंकास्पद मृत्यु भएकाे छ ।
१९ कन्कर्ड गार्डेन, कन्कर्ड ०३३०१ स्थित निवासमा पल दर्जी (८२) र उनकी श्रीमती लिला (४७) १९ जुलाईमा मृत भेटिएको पुनर्वास भुटानी पत्रकार तिलक निरौलाले बताए ।
दर्जी दम्पती मृत भेटिएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
२२ जुलाईमा दुवै शव पोष्टमर्टम गरिने भएको छ । स्थानीय प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
दर्जी परिवार पूर्वी झापाको गोलधापस्थित भुटानी शरणार्थी शिबिरबाट सन् २०१३मा अमेरिका पुनर्वास भएको थियो ।
न्युहेम्सायरको कन्कर्ड आसपासमा करिव ७०० भुटानी पुनर्वास भएका छन् ।