पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ ।
बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरूलाई घुसहित शनिबार पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।
उनका अनुसार इञ्जिनीयरहरु कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो ।
पक्राउपछि आवश्यक अनुसन्धान भइरहेकाे अख्तियारले जनाएकाे छ ।