व्यवसायी लामिछानेको ‘सरसर्ती संसार’ सार्वजनिक
गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष जीवा लामिछानेको ‘सरसर्ती संसार’ पुस्तक सार्वजनिक गरिएको छ ।
२५ मंसिरमा रसियन कल्चर सेन्टर, कमलपोखरीमा आयोजित कार्यक्रममा साहित्यकार ध्रुवचन्द्र गौतमले पुस्तकको विमोचन गरेका छन् ।
पुस्तक सार्वजनिक समारोहमा बोल्दै व्यवसायी एवं लेखक लामिछानेले व्यवसायका क्रममा संसारका थुप्रै देशहरु घुम्दा देखे÷भोगेका कुरालाई पुस्तकमा समेटेको बताए । “व्यवसायीको पनि हृदय हुन्छ, व्यवासयीमा पनि मानवीय स्वभाव हुन्छ भन्ने कुरा देखाउन खोजेको छु” पुस्तकका बारेमा बोल्दै लेखक लामिछानेले भने ।
विमोचन गर्न अघि पुस्तकका विषयमा पत्रकार देवेन्द्र भट्टराईसँग कुराकानी गर्दै लेखक लामिछानेले बाल्यकालदेखि अहिलेसम्मका अनुभव र अनुभुतिहरुलाई पुस्तकमा समेटेको बताए । पाँचवटै महादेशका २९ वटा देशको अनुभुति पुस्तकमा समेटिएको छ ।
व्यवसायी एवं लेखक लामिछानेको ‘सरसर्ती संसार’लाई नेपालयले प्रकाशन गरेको हो ।