दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन
भारतको राजधानी दिल्लीको पूर्व मुख्यमन्त्री एवं कांग्रेस पार्टीकी नेत्री शीला दीक्षितको ८१ वर्षको उमेरमा निधन भएको छ ।
भारतीय समाचार संस्था एएनआईले यसको पुष्टि गरेको छ । स्रोतका अनुसार दीक्षितकाे मृत्यु ह्रदयाघातका कारण भएको हो ।
दीक्षितले सन् १९९८ देखि २०१३ सम्म लगातार १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री पद सम्हालेकी थिइन् । सन् २०१४ मा ६ महीनाका लागि दीक्षितलाई केरलाको गर्भनरमा पनि नियुक्त गरिएको थियो ।
हाल उनी दिल्ली कांग्रेसकी अध्यक्ष थिइन् ।
लामोसमयदेखि अस्वस्थ दीक्षितको दिल्लीस्थित एक अस्पतालमा निधन भएको बताइएको छ ।