बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
तिलुचौरबाट कालिकोट जाँदै गरेको क १ ज २१ नम्बरको जिप दुर्घटना हुँदा चालक कैलालीको टिकापुरका २६ वर्षीय रमेश बोगटी र मुगुको खत्याडका २४ वर्षीय रामबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए ।
घाइतेको स्थानीय अस्पत्तालमा उपचार भैरहेको छ ।
घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेकोले उनीहरुको उद्धारका लागि गृहमन्त्रालयमा सम्पर्क गरी हेलिकप्टर मगाइएको प्रहरीले जनाएको छ।
जिप भुवाखोलाको उकालो सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।