धनगढीमा भएको बम विष्फोटका घाइते एक जनाको मृत्यु
कैलालीको धनगढीमा भएको बम विष्फोटमा भएका घाइते मध्ये एक जनाको मृत्यु भएको छ ।
विस्फोटमा गम्भीर घाइते बझाङका राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
कम्मर पछाडिको भागमा गम्भीर चोट लागेका सिंहको गएराति ११ः१५ बजे मृत्यु भएको कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले जानकारी दिए ।
सिंह आफैले बोकेको बम विष्फोट भएको प्रहरीले अनुमान गरेकाे छ ।
२ साउनको बेलुका धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बम विष्फोट हुँदा पाँच जना घाइते भएका थिए ।
घाइते केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेलाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ ।