वर्षा र बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३१ जना बेपत्ता
गत शुक्रबारदेखि परेको अविरल वर्षा र बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
गृहमन्त्रालयले ट्वीटमार्फत आज बेलुकासम्म मृत्यु हुनेको संख्या ८८ पुगेको जानकारी गराएको हो ।
यसैगरी मन्त्रालयले ३१ जना बाढीपहिरोमा परी हराइरहेको जनाएको छ भने ४१ जना घाइतेमध्ये ११ जना उपचाररत रहेको र अन्य सबै फिर्ता भइसकेको पनि जनाएको छ ।
बाढीपहिरोमा परेका ३ हजार ३६६ जनाभन्दा बढीको उद्धार गरिएको पनि मन्त्रालयले जानकारी गराएको छ । बाँकी तथ्यांक संकलन र राहतकार्यलाई तीव्र पारिएको पनि जनाइएको छ ।